आईतवार, असार १४,२०८३ 03:38:02
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:38:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्य सस्तो हुने अर्थमन्त्री डा. वाग्लेको भनाइ

Laxmi Sunrise Bank Limited
पेट्रोलियम पदार्थको मूल्य सस्तो हुने अर्थमन्त्री डा. वाग्लेको भनाइ

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने संकेत गरेका छन्।  

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता क्रमशः घट्दै गएको र मध्यपूर्वमा उत्पन्न तनाव पनि सामान्यतर्फ फर्किँदै गएकाले इन्धन मूल्यमा राहत मिल्ने बताए।

New Office
CG Motors
Garima Development Bank

उनका अनुसार पछिल्लो समय मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको थियो, जसको असर नेपालमा पनि परेको हो।  

सो प्रभाव न्यूनीकरण गर्न सरकारले कर नीतिमा अस्थायी सहुलियत लागू गरेको उनले जानकारी दिए।

अर्थमन्त्री वाग्लेले आफू पदभार सम्हालेको दुई हप्ताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको उल्लेख गरे।  

उनका अनुसार यस कदमले उपभोक्तामाथि परेको मूल्यवृद्धिको दबाब केही हदसम्म घटाउन सहयोग पुगेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले संसदमा भने, “मध्यपूर्वको अवस्थाका कारण इन्धनको मूल्य बढ्दा उपभोक्तामा परेको भार कम गर्न हामीले भन्सार महसुल र पूर्वाधार विकास करमा आधा छुट दिएका थियौं।”

वाग्लेले अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली पनि क्रमशः स्थिर हुँदै गएको उल्लेख गर्दै भारतको आयल निगममार्फत हुने इन्धन आयात प्रक्रियामा केही समय समायोजन आवश्यक भएपनि बजार स्थायित्वसँगै मूल्य घट्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।

“प्रणाली क्रमशः एडजस्ट हुँदैछ, त्यसका लागि केही समय लाग्न सक्छ,” उनले भने, “तर अब पेट्रोलियम पदार्थको मूल्य घट्ने दिशामा जानेछ।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.