नयाँ कर नीति दीर्घकालीन आर्थिक सुधारका लागि : अर्थमन्त्री डा. वाग्ले
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नयाँ कर नीति र बजेट दीर्घकालीन आर्थिक सुधार तथा अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको बताएका छन्।राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा क्षेत्रमा ५ प्रतिशत भ्याट प्रस्ताव गरिए पनि ५० युनिटसम्मको विद्युत् निःशुल्क रहने र उपभोक्तामाथि अतिरिक्त भार...

