सोमबार, श्रावण १८,२०८३ 03:34:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:11
Bizshala
Global IME Bank Limited

नेपालगञ्ज उपमहानगरपालिका १ नं. वडाका मजदुरको बीमा गार्डियन माइक्रो लाइफमा

नेपालगञ्ज उपमहानगरपालिका १ नं. वडाका मजदुरको बीमा गार्डियन माइक्रो लाइफमा
New Office

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ कार्यालयबीच लघु जीवनबीमा सम्बन्धी सहमति भएको छ ।  

वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको १ लाख रुपैयाँसम्मको म्यादी लघु जीवन बीम ागरिदिन गार्डियन माइक्रो लाइफसँग सम्झौता गरेको हो ।  

गार्डियन माइक्रो लाइफइन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्का र वडाध्यक्ष प्रमोद रिजालले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका नेपालगञ्जका प्रबन्धक लक्ष्मी विष्ट र वडा सचिवभुविन्द्र प्रसाद कँडेलको समेत उपस्थित थियो ।  

सम्झौता अनुसार वडा कार्यालयले सो वडा भित्रका विपन्न वर्गका कामदारको १ लाख रुपैयाँसम्मको बीमा गरिदिनेछ । १८ वर्षदेखि ५५ वर्षसम्मका विपन्न कामदारको बीमा गरिदिने वडाध्यक्ष प्रमोद रिजालले बताए ।  

रिजालका अनुसार १८ वर्ष उमेरको हकमा न्यूनतम २७९ रुपैयाँ र ५५ वर्ष उमेरको हकम ाअधिकतम १ हजार १३५ रुपैयाँ प्रिमियम कार्यालयले तिरेर बीमा गरिदिनेछ ।  

एक लाखको जीवन बीमामा दुर्घटना भएर बीमितको मृत्यु भएको खण्डमा बीमितको हकवाला अर्थात् परिवारले दुई लाख रुपैयाँ र क्रियाखर्च २५ हजार रुपैयाँ पाउने कम्पनीका क्षेत्रीय प्रबन्धक खड्काले बताए ।  

साथै खड्काका अनुसार बीमा अवधि एक वर्षको लागि हुनेछ । सम्बन्धीत निकायले चाहेमा फेरी बीमा गरी अवधि थप गर्न सकिने उनले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.