मंगलवार, कार्तिक ३,२०८३ 04:29:14
  • मंगलवार, कार्तिक ३,२०८३ 04:29:14
Global IME Bank Limited

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

Bizshala
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु
New Office

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ ।

एपीआईमा आधारित भुक्तानीको थालनीसँगै परम्परागत म्यानुअल र ब्याचमा आधारित प्रक्रियालाई पूर्ण रुपमा स्वचालित, वास्तविक समयमै भुक्तानी हुने इकोसिस्टमले प्रतिस्थापन गर्नेछ । यसैगरी यी दुई बैंकबीच एपीआईमार्फत अमेरिकी डलर भुक्तानीका लागि समझदारी हुने र त्यसले सीमापार सहकार्यमा महत्वपूर्ण कोसेढुंगाको काम गर्ने बताइएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सो अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहललाई सानिमा बैंकले सीमापार बैंकिङ सेवालाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने प्रतिबद्धताको विस्तार भएको र यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई छिटो, सहज र सुरक्षित बनाउने तथा ग्राहक अनुभवमा उल्लेख्य सुधार ल्याउने बताए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड अफ फाइनान्स इन्टिच्युशन राजकमल बस्नेतले भने, ‘यो साझेदारी स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीमापार विज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपीआईमा आधारित भुक्तानी समाधान प्रदान गर्ने प्रयासको संगम हो । यसले अन्तर्राष्ट्रिय कारोबारको प्रक्रिया समय र लागत घटाउने, पारदर्शिता बढाउने र दक्षता, सुरक्षा तथा अनुपालन सुदृढ बनाउनेछ ।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.