बुधबार, असार २४,२०८३ 12:54:17
Bizshala
  • बुधबार, असार २४,२०८३ 12:54:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रसँग संवाद गर्दै बालेन शाह

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रसँग संवाद गर्दै बालेन शाह

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलोपटक औपचारिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री शाहले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफलका लागि बोलाएका हुन्।

गत चैत १३ गते प्रधानमन्त्री बनेका शाहले अहिलेसम्म निजी क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गरेका थिएनन्। त्यसैले आजको छलफललाई निजी क्षेत्रले सरकारसँगको प्रारम्भिक औपचारिक संवादका रूपमा लिएको छ।

New Office
CG Motors
Garima Development Bank

निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार प्रधानमन्त्री कार्यालयबाट छलफलका लागि खबर आएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीले निजी क्षेत्रको कुरा सुन्न छलफल बोलाएको जानकारी दिए।

‘छलफलका लागि खबर आएको छ, हामी जाने तयारीमा छौँ,’ पाण्डेले भने।

निजी क्षेत्रले हाल सरकारका प्राथमिकता, आर्थिक योजना, लगानीको वातावरण, व्यवसायीका समस्या र निजी क्षेत्रप्रतिको सरकारी दृष्टिकोणबारे प्रधानमन्त्रीबाट स्पष्ट धारणा आउने अपेक्षा गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि प्रधानमन्त्री शाहका सल्लाहकार अशिम साहले संविधान संशोधनका विषयमा निजी क्षेत्रसँग संवाद गरेका थिए। तर प्रधानमन्त्री स्वयंले निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएर छलफल गर्न लागेको यो पहिलो अवसर हो।

निजी क्षेत्रले पछिल्लो समय लगानी वातावरण, नीतिगत स्थिरता, कर प्रणाली, कर्जा प्रवाह, बजारको सुस्तता र व्यवसायीको मनोबलका विषयमा सरकारसँग स्पष्ट प्रतिबद्धता खोज्दै आएको छ। त्यसैले आजको छलफललाई सरकार र निजी क्षेत्रबीच विश्वास निर्माणको सुरुवाती प्रयासका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X