काठमाण्डौ । बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतले फेरि तीन महिनाको कैद सजाय सुनाएको छ। अदालतले यसअघि भएको दोषी ठहरलाई कायम राख्दै यादवले दायर गरेका पुनरावेदन खारेज गरेको हो।
यो मुद्दा आर्थिक लेनदेनसँग सम्बन्धित चेक अनादर (चेक बाउन्स)प्रकरणमा आधारित रहेको बताइएको छ। उजुरीकर्ता कम्पनीले यादवसँग सम्बन्धित आर्थिक विवादमा कानुनी प्रक्रिया अघि बढाएको थियो।
यसअघि फेब्रुअरीमा दिल्ली उच्च अदालतले यादवलाई अन्तरिम राहत दिँदै सजाय केही समयका लागि स्थगित गरेको थियो, जसपछि उनी जेलबाट बाहिर आएका थिए। तर, पछिल्लो फैसलासँगै उनलाई पुनः तीन महिनाको जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ।

