काठमाण्डौ । विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार विकास बैंकहरुले चालु आवको ११ महिनासम्ममा ७ अर्ब २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३६.२० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आईपुग्दा अधिकांश बैंकको नाफमा सुधार देखिएको छ । यस अवधिसम्म तीन बैंक भने घाटामा देखिएका छन् ।
सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३३ प्रतिशत बढी हो ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले पनि १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २०.२३ प्रतिशत बढी हो ।

यसका साथै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड, ज्योति विकास बैंकले ८१ करोड ६१ लाख, कामना सेवाले ७५ करोड ५९ लाख, सांग्रिला डेभलपमेन्टले ६० करोड ६८ लाख, महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख, लुम्बिनी विकास बैंकले ५२ करोड ७४ लाख, एक्सेल डेभलपमेन्ट बैंकले १६ करोड १८ लाख, मितेरी डेभलपमेन्ट बैंकले १२ करोड ११ लाख, सप्तकोशीले ६ करोड २३ लाख, ग्रीन डेभलपमेन्टले ५ करोढड ३६ लाख र कर्पोरेट डेभलपमेन्टले ३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ ।
साथै नारायणी डेभलपमेन्ट, सिन्धु विकास बैंक र सालपा विकास बैंकले भने घाटा ब्यहोरेका छन् । नारायणीले ६ करोड ७ लाख, सिन्धुले ४ करोड ४१ लाख र सालपाले ४७ लाख रुपैयाँ घाटा ब्यहारेको छ ।

