बिहीबार, श्रावण २१,२०८३ 01:50:27
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:50:27
Bizshala
Global IME Bank Limited

लगानीकर्ताहरुले सेयर धितो राखेर लिए रु. १.६२ खर्ब लोन, बजारमा किन देखिएन प्रभाव?

लगानीकर्ताहरुले सेयर धितो राखेर लिए रु. १.६२ खर्ब लोन, बजारमा किन देखिएन प्रभाव?
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितो कर्जा निरन्तर बढिरहेको भए पनि त्यसको प्रभाव पूँजीबजारमा भने देखिएको छैन ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह भएको कर्जा १ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।  

यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा २६.५९ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा सेयर लगानीकर्ताहरुले आफ्नो नाममा रहेको सेयर धितो राखेर बैंक वित्तीय संस्थाबाट १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लिएका थिए ।  

बैंकहरुको यस्तो कर्जा बढे पनि नेप्सेमा नयाँ पूँजीको प्रवेश भने भएको संकेत देखिएको छैन । बजारमा दैनिक कारोबार रकम लगातार घटिरहेको छ र सूचकले पनि अपेक्षित गति लिन सकेको छैन । यसले बैंकबाट प्रवाह भएको सबै कर्जा सेयर खरिदमा प्रयोग नभई अन्य क्षेत्रतर्फ गएको हुन सक्ने संकेत गर्छ ।

नयाँ सरकार गठनपछि लगानीकर्ताले पूँजीबजारमैत्री नीति र सुधारको अपेक्षा गरेका थिए । तर नीति निर्माण र कार्यान्वयनमा देखिएको अन्योलका कारण लगानीकर्ताको आत्मविश्वास अझै फर्किन सकेको छैन । यही कारण धेरैले सेयर धितोमा कर्जा लिए पनि त्यसलाई व्यवसाय विस्तार वा व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको अनुमान गरिएको छ ।

सेयर धितो कर्जा बढ्नु मात्रले बजारमा नयाँ पूँजी प्रवेश हुन्छ भन्ने नहुने सेयर विश्लेषकहरुको भनाई । लगानी वातावरण सकारात्मक भइदिएको भए कर्जाको माग अझ बढी हुने र त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिने विज्ञहरु बताउँछन् । हाल लगानीकर्तामा आत्मविश्वासको कमी रहेकाले ठूलो पूँजी परिचालन गर्ने लगानीकर्ता निष्क्रिय बनेका छन् ।

समग्रमा, तथ्याङ्कले बैंकहरूबाट सेयर धितो कर्जा विस्तार भइरहेको देखाए पनि त्यसको सकारात्मक प्रभाव पूँजीबजारमा नदेखिनुले अहिलेको मुख्य समस्या तरलताको नभई लगानीकर्ताको विश्वासको रहेको संकेत गरेको छ । विज्ञहरूका अनुसार लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित नभएसम्म बैंकिङ प्रणालीबाट प्रवाह हुने रकम नेप्सेभन्दा अन्य क्षेत्रमा जाने सम्भावना बढी रहनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.