आईतवार, मंसिर ६,२०८३ 02:50:25
  • आईतवार, मंसिर ६,२०८३ 02:50:25
Global IME Bank Limited

३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

Bizshala
३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह आइतबार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र पत्रकार सहभागी छन्। यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायीसमेत आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछन्।

प्रधानमन्त्री शाह भारतीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।

CG Motors
Garima Development Bank
IME remit

नयाँदिल्लीस्थित होटल ताजमहलमा बस्ने प्रधानमन्त्री शाहसँग आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

सोमबार मोदीसँग महत्वपूर्ण वार्ता

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

त्यसअघि बिहान १० बजे उनले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

त्यसपछि हैदरावाद हाउसमा शाह र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।

व्यापार, ऊर्जा र पूर्वाधार मुख्य एजेन्डा

प्रधानमन्त्री शाहको भारत भ्रमणमा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल विस्तार तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राखिएको छ।

दुई देशबीच सम्पन्न ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनाको संयुक्त उद्घाटन र नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।

प्रधानमन्त्री शाहले सोमबार अपराह्न ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन्।

उक्त भेटपछि भारतीय समयअनुसार अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह स्वदेश फर्किने कार्यक्रम छ।

नेपाल सरकारले प्रधानमन्त्रीको भ्रमणलाई द्विपक्षीय आर्थिक सहकार्य विस्तार तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.