मंगलवार, कार्तिक ३,२०८३ 01:32:34
  • मंगलवार, कार्तिक ३,२०८३ 01:32:34
Global IME Bank Limited

पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

Bizshala
पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
New Office

 

काठमाण्डौ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ मा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावदको पहिरोमा परेर मृत्यु भएको हो।

धाँमीगाउँका उनीहरू सोमबार बिहान अन्न पिस्न पानीघट्ट पुगेका थिए। घट्टमा बसिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले पुरेपछि दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरिएका दुवै जनाको शव निकालेको छ।

पहिरोका कारण पानीघट्टको करिब आधा भागसमेत पुरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.