बिहीबार, असार ३२,२०८३ 05:58:29
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 05:58:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

 

काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा सातै प्रदेशमा वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

सर्वसाधारणमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले देशभर रहेका आफ्ना १४८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

बैंकका अनुसार कोशी प्रदेशका २०, मधेशका २१, बागमतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका १० शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्ति तथा अन्य समुदायका गरी करिब १० हजार जनालाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र महत्त्व, डिजिटल बैंकिङको विकाससँगै बढेका वित्तीय अपराध, ठगी तथा जोखिमबारे जानकारी गराइएको थियो। नगद कारोबार, भुक्तानी, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय क्रियाकलाप गर्दा औपचारिक बैंकिङ प्रणाली प्रयोग गर्नसमेत आग्रह गरिएको बैंकले जनाएको छ।

बैंकले वित्तीय साक्षरता कार्यक्रमले नागरिकमा वित्तीय ज्ञानको विकास हुनुका साथै बैंकिङ प्रणालीलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसैगरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य संस्था तथा विभिन्न संघसंस्थालाई सहयोग उपलब्ध गराएको जनाएको छ।

बैंकको सर्केगाड शाखाले सर्केगाड गाउँपालिका–४ मा रहेको श्री हिमज्योति माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १९६ जना गरिब तथा जेहेन्दार बालबालिकालाई विद्यालय पोसाक र न्यानो स्वेटर उपलब्ध गराएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले युवालाई लक्षित गरी ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ।

मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधासमेत बैंकले उपलब्ध गराएको छ। अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४५ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.