मंगलवार, श्रावण ५,२०८३ 08:03:58
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 08:03:58
Bizshala
Global IME Bank Limited

निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निष्कर्ष

निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निष्कर्ष
New Office

 

काठमाण्डौ ।  नेकपा एमालेले पार्टीको माथिल्लो तहबाट औपचारिक निर्देशन नआएसम्म बागमती प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाउने निष्कर्ष निकालेको छ।

काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिबारे पार्टी केन्द्र तथा अन्य दलहरूसँग छलफल गरेर मात्रै सरकारमा रहने वा बाहिरिने निर्णय गर्ने निष्कर्ष निकालेको हो।

बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले पार्टी केन्द्रबाट स्पष्ट निर्देशन नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने बताए।

“पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन। निर्देशन आएपछि त्यहीअनुसार अघि बढ्छौँ,” उनले भने, “सञ्चारमाध्यममा आएका राजीनामासम्बन्धी समाचार हल्ला मात्रै हुन्। हामी अहिले नै राजीनामा दिँदैनौँ।”

उनका अनुसार हाल बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य कायम छ। गठबन्धनलाई नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा माथिल्लो तहमा छलफल भइरहे पनि कुनै ठोस निर्णय भइसकेको छैन।

मन्त्रालयको जिम्मेवारी बाँडफाँट र बिनाविभागीय मन्त्रीका विषयमा उठेको आलोचनाबारे पनि पार्टी नेतृत्व तहमा छलफल भइरहेको मन्त्री पौडेलले बताए। ती विषयमा एक–दुई दिनभित्रै स्पष्ट निर्णय आउन सक्ने उनको भनाइ छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि तत्काल सरकार छाड्ने निर्णय नभएको बताए। राजनीतिक परिस्थिति निरन्तर परिवर्तन भइरहेकाले पार्टी केन्द्र र अन्य दलहरूसँगको संवादपछि मात्रै आवश्यक निर्णय गरिने उनले स्पष्ट पारे।

पार्टीको आधिकारिक निर्णय नआएसम्म एमालेका मन्त्रीहरू प्रदेश सरकारको नियमित कामकारबाहीमै केन्द्रित रहने जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.