मंगलवार, आश्विन १३,२०८३ 08:24:37
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:24:37
Bizshala
Global IME Bank Limited

आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले लिए सपथ

Bizshala
आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले लिए सपथ
New Office

काठमाण्डौ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण सम्पन्न भएको छ । काठमाण्डौ होटल रोयल टुलिपमा आईक्यानका अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

आईक्यानको १०औँ परिषद्को तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित सिए आनन्दराज शर्मा वाग्लेलाई महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष काफ्लेलाई अध्यक्ष वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । २०८३ असार ३२ गते सम्पन्न भएको आईक्यानको निर्वाचनबाट शर्मा अध्यक्ष र काफ्ले उपाध्यक्षमा निर्वाचित भएका थिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शपथ ग्रहण कार्यक्रममा बोल्दै आईक्यानका अध्यक्ष वाग्लेले लेखा तथा लेखापरीक्षण पेशाको विश्वसनीयता थप मजबुत बनाउन र संस्थाको संस्थागत क्षमता अभिवृद्धि गर्नेतर्फ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, उनले डिजिटल रुपान्तरणलाई तिव्रता दिने र सदस्यहरुको व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष काफ्लेले व्यवसायिक आचारसंहिता, गुणस्तरीय लेखापरीक्षण, युवा चार्टर्ड एकाउन्टेन्टहरूको क्षमता विकास तथा अन्तराष्ट्रिय सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिने बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई आइक्यानका पदाधिकारी, सदस्य तथा विभिन्न व्यावसायिक संस्थाले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले आईक्यानको आधिकारिक लोगो सार्वजनिक गरेका थिए ।

सोही क्रममा साउन २ गते बंगलादेशमा साउथ एशियन फेडरेसन एकाउन्टेन्ट्स (साफा)ले आयोजना गरेको ‘साफा क्विज तथा पब्लिक स्पिकिङ कन्टेस्ट २०२५’मा आईक्यानको तर्फबाट सहभागी भएर विजेता बन्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । 

साफा क्विज २०२५’मा ‘जोइन्ट विनर’ बन्न सफल दिवश अधिकारी र सम्पन्न सिलवाललाई सम्मान गरिएको थियो भने ‘पब्लिक स्पिकिङ कन्टेस्ट २०२५’मा विजेता बन्न सफल रिजन थापा र ‘फर्स्ट रनरअप’ हुन सफल कश्यपराज श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

आइक्यान नेपालमा चार्टर्ड एकाउन्टेन्टहरुको नियामक संस्था हो । ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, १९९७’ अन्तर्गत स्थापित संस्थाले चार्टर्ड एकाउन्टेन्ट तथा दर्तावाला लेखापरीक्षकहरूको नियमन, व्यावसायिक मापदण्ड निर्धारण, परीक्षा सञ्चालन, तालिम तथा पेशागत विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.