काठमाण्डौ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका प्राडा गोविन्द केसीसँग वार्तामार्फत समाधान खोज्न सरकारी वार्ता टोली अस्पताल पुगेको छ।
डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेल आन्तरिक छलफलपछि शनिबार साँझ डा. केसीलाई भेट्न अस्पताल पुगेका हुन्।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसमेत रहेका डा। अग्रवालसहितको टोली शनिबार नै धनगढी पुगेको थियो। टोलीले डा। केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनका मागबारे औपचारिक संवादको तयारी गरेको जनाएको छ।
डा. केसीका सहयोगी डा। अमृत जैशीका अनुसार सरकारी टोली र डा. केसीबीच केहीबेरमै वार्ता हुने तयारी छ। स्वास्थ्य अवस्था प्रतिकूल बनेपछि चिकित्सकको सल्लाहअनुसार शनिबार उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।
सरकार र डा। केसीबीच हुन लागेको यो वार्तालाई जारी आन्दोलनको निकास खोज्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।