बिहीबार, श्रावण १४,२०८३ 01:52:04
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:52:04
Bizshala
Global IME Bank Limited

सुनसरी घटनापछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक

सुनसरी घटनापछि सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक
New Office

 

काठमाण्डौ । सुनसरी घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो। बैठकमा सुनसरीमा उत्पन्न सुरक्षा चुनौती, त्यसको सम्भावित प्रभाव तथा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भइरहेको बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापति रहन्छन्। रक्षा सचिवले परिषद्को सदस्यसचिवका रूपमा काम गर्छन्।

संवैधानिक व्यवस्थाअनुसार परिषद्ले नेपाली सेनाको परिचालन तथा नियन्त्रणका विषयमा नेपाल सरकारलाई सिफारिस गर्दछ। यसका साथै सेनाको सुदृढीकरण र आधुनिकीकरणसम्बन्धी कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणको मापदण्डसम्बन्धी नीति बनाउने र राष्ट्रिय हित, सुरक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा सरकारलाई सुझाव दिने जिम्मेवारी पनि परिषद्को हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.