मंगलवार, श्रावण २६,२०८३ 05:23:36
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:23:36
Bizshala
Global IME Bank Limited

हाइब्रिड एसयूभी बजारमा बीएआइसीको प्रवेश, पेट्रोल र विद्युतीय मोटरको संयोजनसँगै अफ-रोड डिजाइन

Prabhu Bank Limited
हाइब्रिड एसयूभी बजारमा बीएआइसीको प्रवेश, पेट्रोल र विद्युतीय मोटरको संयोजनसँगै अफ-रोड डिजाइन
New Office

काठमाण्डौ । चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआइसीले नेपाली बजारमा आफ्नो हाइब्रिड ‘एसयूभी बीजे–३०’ सार्वजनिक गरेको छ । कम्पनीले आजबाट सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर उक्त मोडल सार्वजनिक गरेको हो ।  

नेपालमा बीएआइसी ब्रान्डको प्रवेशसँगै कम्पनीले हाइब्रिड प्रविधियुक्त एसयूभी बजारमा ल्याएको हो । बीजे३० बीएआइसीको एसयूभी लाइनअपमा रहेको मोडल हो, जसमा पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन भएको हाइब्रिड पावरट्रेन प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार हाइब्रिड प्रविधिले परम्परागत पेट्रोल एसयूभीको तुलनामा इन्धन खपत कम गर्न सहयोग गर्नुका साथै ड्राइभिङलाई थप सहज बनाउने उद्देश्य राखेको छ ।

अफ–रोड डिजाइन र आधुनिक प्रविधिको संयोजन

बीजे३० मा आधुनिक एसयूभी डिजाइनसँगै फराकिलो केबिन, डिजिटल प्रविधि तथा विभिन्न ड्राइभिङ र सुरक्षा फिचर समावेश गरिएको छ । यसको बक्सी डिजाइनले एसयूभीको बलियो र अफ–रोड केन्द्रित स्वरूपलाई झल्काउँछ ।

गाडीमा एलईडी लाइटिङ, ठूलो ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो इन्फोटेन्मेन्ट स्क्रिनलगायतका सुविधा उपलब्ध छन्। त्यस्तै, चालक तथा यात्रुको सुरक्षाका लागि एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

बीजे–३० लाई अफ–रोड डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजन भएको एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । प्रिमियम डिजाइन, प्रविधि र सुरक्षा सुविधाका कारण यो मोडलले नेपाली एसयूभी बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीको विश्वास छ ।

हाइब्रिड एसयूभीमा बढ्दो चासो

नेपालमा पछिल्लो समय पूर्ण विद्युतीय सवारीसाधनसँगै हाइब्रिड तथा प्लग–इन हाइब्रिड मोडलप्रति पनि ग्राहकको चासो बढ्दै गएको छ। यही बजारलाई लक्षित गर्दै बीएआइसीले बीजे३० सार्वजनिक गरेको हो ।

बीजे३०को प्रवेशसँगै नेपाली एसयूभी बजारमा विद्युतीय सवारीसाधनसँगै हाइब्रिड प्रविधिबीचको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। मध्यमदेखि प्रिमियम एसयूभी सेग्मेन्टमा नयाँ चिनियाँ ब्रान्ड तथा मोडल थपिँदै गएको अवस्थामा बीएआइसीले बीजे३०मार्फत नेपाली बजारमा आफ्नो उपस्थिति स्थापित गर्ने लक्ष्य राखेको छ ।

मूल्य कति ?  

नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर सार्वजनिक गरिएको बीजे३० को मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X