बिहीबार, श्रावण २८,२०८३ 07:21:11
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 07:21:11
Bizshala
Global IME Bank Limited

विश्वासको मत नपाउने भएपछि सुदूरका मुख्यमन्त्री शाहले दिए राजीनामा

Prabhu Bank Limited
विश्वासको मत नपाउने भएपछि सुदूरका मुख्यमन्त्री शाहले दिए राजीनामा
New Office

काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले बिहीबार साँझ राजीनामा घोषणा गरेका हुन्।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले पद छाड्ने घोषणा गरेका थिए। त्यसपछि उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका छन्।

गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने समयसीमा बिहीबार पूरा हुँदै थियो।

प्रदेशसभालाई सम्बोधन गर्दै शाहले आफ्नो कार्यकालमा प्राप्त जिम्मेवारीअनुसार काम गरेको बताए। आवश्यक अधिकार र सहयोगको अभावमा काम गर्न कठिन भएको उनको भनाइ थियो।

शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ।

सहमति अनुसार अब नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.