बिहीबार, श्रावण २८,२०८३ 08:37:04
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 08:37:04
Bizshala
Global IME Bank Limited

राष्ट्रियस्तरका विकास बैंकको नाफामा उछाल, तर एनपीएलले बढायो चिन्ता

अधिकांश सूचकमा गरिमा अगाडि

Prabhu Bank Limited
राष्ट्रियस्तरका विकास बैंकको नाफामा उछाल, तर एनपीएलले बढायो चिन्ता
New Office

काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय स्तरका ८ विकास बैंकले ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ६३.८२ प्रतिशत बढी हो । अघिल्लो आवमा उक्त बैंकहरुले ५ अर्ब २८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकहरुको समग्र नाफा बढ्नुको मुख्य कारण खराब कर्जा व्यवस्थापनमा सुधार, कर्जा असुली बढ्नु तथा ब्याज आम्दानीमा सुधार देखिनु हो ।

यसबाहेक राष्ट्र बैंकको नीतिगत सहजताले पनि विकास बैंकको नाफा बढाउन सहयोग पुगेको हो । तर नाफा वृद्धिको पछाडि कर्जा असुली, प्रोभिजन घट्नु र ब्याज आम्दानीमा आएको सुधार नै नाफा बढ्नुको मुख्य कारण हो ।  

साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाले पनि विकास बैंकहरुको नाफा वृद्धिमा टेवा पुगेको हो ।  

सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। बैंकले चौथो त्रैमाससम्म १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा ३५.३४ प्रतिशत बढी हो ।

त्यस्तै, नाफा वृद्धिदरका आधारमा ज्योति विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकको खुद नाफा ९०२ प्रतिशतले बढेर १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा करिब १० करोड रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ८२ प्रतिशतले नाफा बढाउँदै १ अर्ब १८ करोड १२ लाख रुपैयाँ कमाएको छ ।

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, लुम्बिनी विकास बैंकको नाफा २५२ प्रतिशतले बढेर ८५ करोड १० लाख रुपैयाँ पुगेको छ। महालक्ष्मी विकास बैंकले पनि ४८ प्रतिशतको वृद्धि हासिल गर्दै ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यसरी हेर्दा आठ राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको देखिन्छ । विशेषगरी ज्योति र लुम्बिनी विकास बैंकको नाफा वृद्धिदर उच्च रहेको छ भने कुल नाफाका आधारमा गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ ।

ईपीएस कुनको कति ?  

विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिसँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि ग्रोथ देखिएको छ । ईपीएस भनेको कुनै पनि कम्पनीले कमाएको खुद नाफामध्ये प्रत्येक साधारण सेयरमा पर्ने नाफाको अंश हो ।  

यसले कम्पनीको आम्दानी वा नाफाको क्षमता देखाउने भएकाले महत्वपूर्ण सूचकको रुपमा लिइन्छ । साथै ईपीएसबाट लगानीकर्ताले कम्पनीको कमाउने क्षमता बलियो भएको वा नभएको संकेतको रुपमा पनि बुझ्न सक्नेछन् ।  

गत आवमा मुक्तिनाथ विकास बैंकबाहेक सबैको ईपीएसमा उल्लेख्य सुधार देखिएको छ । सबैभन्दा धेरै गरिमा विकास बैंकको २८.०४ रुपैयाँ रहेको छ । वृद्धिदरको आधारमा भने एक्सल डेभलपमेन्ट बैंक रहेको छ । बैंकको इपीएस अघिल्लो आवको तुलनामा २४.६५ रुपैयाँले बढेको छ ।  

एनपीएलमा देखिएन सुधार  

गत आवमा दुई विकास बैंकबाहेक सबैको खराब कर्जा अनुपात (एनपीएल) वृद्धि भएको छ ।  

एनपीएल भनेको बैंकले दिएको कुल कर्जामध्ये समयमै साँवा÷ब्याज नतिरेर खराब कर्जामा वर्गीकृत भएको कर्जाको प्रतिशत हो । राष्ट्र बैंकका अनुसार बैंकको एनपीएल जति कम भयो त्यति राम्रो मानिन्छ ।  

बैंक तथा वित्तीय संस्थाको एनपीएल ५ प्रतिशत भन्दा बढी भएमा जोखिम उच्च रहेको मानिन्छ । गत आवमा ५ प्रतिशतभन्दा बढी एनपीएल रहेको बैंकहरुमा सांग्रिला डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र ज्योति विकास बैंक रहेका छन् ।  

तर अघिल्लो आवको तुलनामा ज्योति विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकको एनपीएल घटेको छ । सबैभन्दा थोरै एनपीएल भने कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत मात्रै छ ।  

लाभांश क्षमता कुनको कति ?  

राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएसँगै वितरणयोग्य नाफामा पनि सुधार देखिएको छ ।  

बैंकहरुले नाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन् । सोही आधारमा सबैभन्दा धेरै लाभांश क्षमता गरिमा विकास बैंकको २०.२३ प्रतिशत रहेको छ ।  

त्यस्तै, लुम्बिनी विकास बैंकको १६.९९ प्रतिशत, कामनाको १५.१६ प्रतिशत, एक्सलको १४.३८ प्रतिशत, सांग्रिलाको १३.१९ प्रतिशत, महालक्ष्मीको १०.३१ प्रतिशत, मुक्तिनाथको ८.४५ प्रतिशत र ज्योतिको ३.२८ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.