शुक्रबार, श्रावण २९,२०८३ 06:11:51
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:11:51
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिममा नयाँ सरकार विस्तार, एमालेका ४ मन्त्रीको शपथ

Prabhu Bank Limited
सुदूरपश्चिममा नयाँ सरकार विस्तार, एमालेका ४ मन्त्रीको शपथ
New Office

 काठमाण्डौ ।  सुदूरपश्चिम प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसँगै नेकपा एमालेका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएपछि एमालेका मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका हुन्।

नयाँ मन्त्रिपरिषद्मा सन्तोष शर्मा थापाले सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्लले आर्थिक मामिला मन्त्री र दमन भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन्। जानकी ऐर बमले पनि राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन्।

भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशसभा संसदीय दलका नेता हुन्। नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको समर्थनमा उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनेका हुन्।

CG Motors

यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो।

प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। त्यसलगत्तै मुख्यमन्त्री र नयाँ मन्त्रीहरूको शपथसँगै सुदूरपश्चिममा नयाँ गठबन्धन सरकार औपचारिक रूपमा गठन भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X