मंगलवार, कार्तिक ३,२०८३ 04:57:29
  • मंगलवार, कार्तिक ३,२०८३ 04:57:29
Global IME Bank Limited

३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार

Bizshala
३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले जिते १० लाखको बम्पर पुरस्कार
New Office

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कारमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता यसपटकको बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेको हो।

साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न भई कर बिजक लिएका उपभोक्ता उक्त अवधिको पुरस्कारमा सहभागी भएका थिए। विभागका अनुसार कार्यक्रमको सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ।

विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका छन्।

कर बिजक लिने तथा नियमित र औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामान्य मूल्यको सामान खरिद गर्दा प्राप्त बिलबाटै १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेपछि कार्यक्रमप्रति उपभोक्ताको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors
Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.