मंगलवार, भाद्र २,२०८३ 01:07:47
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 01:07:47
Bizshala
Global IME Bank Limited

किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने ? भन्दै नेविसंघको प्रदर्शन

किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइन बस्ने ? भन्दै नेविसंघको प्रदर्शन
New Office

 

काठमाण्डौ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) सडक प्रदर्शनमा उत्रिएको छ। संघले मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गर्दै सरकारसँग ग्यास आपूर्ति तत्काल सहज बनाउन माग गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यास अभाव समाधान गर्न सरकार असफल भएको आरोप लगाउँदै नाराबाजी गरेका थिए। उनीहरूले ‘किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने ?’ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

नेविसंघले बालेन शाह नेतृत्वको सरकारले ग्यास संकट समाधानमा आवश्यक सक्रियता नदेखाएको आरोपसमेत लगाएको छ। उपभोक्ताहरू ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य भइरहे पनि सम्बन्धित निकायबाट प्रभावकारी कदम चालिन नसकेको विद्यार्थीहरूको भनाइ छ।

Bizshala
CG Motors

प्रदर्शनकारीहरूले बजारमा देखिएको कृत्रिम अभाव, कालोबजारी र असहज आपूर्तिलाई तत्काल नियन्त्रण गर्न माग गरेका छन्। उनीहरूले ग्यासको नियमित तथा सहज आपूर्ति सुनिश्चित गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

नेविसंघका नेताहरूले ग्यास संकट समाधानका लागि तत्काल ठोस पहल नभए विरोधका कार्यक्रम थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.