बुधबार, भाद्र ३,२०८३ 12:54:43
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 12:54:43
Bizshala
Global IME Bank Limited

११ महिनादेखि अमेरिकामा रहेका सांसद देउवा पदमुक्त, सभामुखको निर्णयविरुद्ध कांग्रेस आक्रोशित

११ महिनादेखि अमेरिकामा रहेका सांसद देउवा पदमुक्त, सभामुखको निर्णयविरुद्ध कांग्रेस आक्रोशित
New Office

 

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशसभाका नेपाली कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गर्ने सभामुख भीम भण्डारीको निर्णयप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ।

करीब ११ महिनादेखि अमेरिकामा रहेका देउवालाई सभामुख भण्डारीले पदमुक्त गरेपछि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले उक्त निर्णयलाई पक्षपाती र बदनियतपूर्ण भएको आरोप लगाएका हुन्।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै शाहले मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिने तयारी गरिरहेकै बेला देउवालाई पदमुक्त गर्नु संयोग मात्र नभएको दाबी गरे।

उनले प्रदेशसभाको अंकगणित प्रभावित पार्ने उद्देश्यले सभामुखले हतारमा निर्णय गरेको आरोप लगाए।

“आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ। सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो,” शाहले भने, “सभामुखले पक्षपाती निर्णय गर्नुभयो। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

शाहका अनुसार सांसद देउवाले आफू प्रदेशसभामा अनुपस्थित रहनुको कारण जानकारी गराएका थिए। तर सभामुखले पदमुक्त गर्नुअघि एकपटकसमेत सोधपुछ वा स्पष्टीकरणको अवसर नदिएको कांग्रेसको आरोप छ।

Bizshala
CG Motors

कानुनी उपचारमा जाने संकेत

यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पनि प्रदेशसभा सदस्यबाट हटाइएको र पछि सर्वोच्च अदालतबाट पुनर्बहाली भएको प्रसंग उल्लेख गर्दै शाहले प्रकाश देउवाको हकमा पनि कानुनी उपचारको बाटो खुला रहेको बताए।

“कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउँदा एकपटक सोधपुछ गर्नुपर्छ। यसअघि पनि यस्तै प्रकारका घटना भएका छन्,” उनले भने।

सभामुखले दलीय स्वार्थ वा प्रदेशसभाको अंकगणितलाई आधार बनाएर निर्णय गर्न नहुने शाहको भनाइ छ।

उनले सभामुखको पद निष्पक्ष र तटस्थ हुनुपर्ने भन्दै कुनै दल वा सरकारलाई सहज हुने गरी निर्णय गरिए त्यसको कांग्रेसले निरन्तर विरोध गर्ने चेतावनी दिए।

“सभामुखले दलीय मान्यतालाई आधार बनाएर दलको अंकगणित हेरी भूमिका निर्वाह गर्नुहुँदैन,” शाहले भने, “यस्ता प्रकारका घटना दोहोरिनु हुँदैन।”

कांग्रेसले सभामुखको निष्पक्ष भूमिकाका लागि सहयोग गर्ने तर पक्षपातपूर्ण गतिविधिको प्रतिवाद गरिरहने पनि शाहले स्पष्ट पारे।

यसैबीच मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। कांग्रेसले भने उनको विपक्षमा मतदान गर्ने निर्णय गरेको शाहले जानकारी दिए।

प्रकाश देउवा पदमुक्त भएसँगै विश्वासको मतअघि सुदूरपश्चिम प्रदेशसभाको अंकगणित र सत्ता समीकरणसमेत थप चासोको विषय बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.