बुधबार, भाद्र ३,२०८३ 03:34:47
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:34:47
Bizshala
Global IME Bank Limited

सेबोनले सार्वजनिक गर्‍यो मार्जिन लेण्डिङको मस्यौदा, सेयर कारोबारका लागि ब्रोकरले ऋण दिने बाटो खुल्दै

सेबोनले सार्वजनिक गर्‍यो मार्जिन लेण्डिङको मस्यौदा,  सेयर कारोबारका लागि ब्रोकरले ऋण दिने बाटो खुल्दै
New Office

काठमाण्डौ । नेपालको पूँजीबजारलाई थप आधुनिक, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन लेण्डिङ्ग प्रणाली कार्यान्वयनको तयारी अघि बढाएको छ ।

नेपालको पूँजीबजारले संस्थागत विकास, विद्युतीय कारोबार प्रणाली तथा लगानीकर्ता आधार विस्तारमा उल्लेखनीय प्रगति गरे पनि बजारको गुणात्मक विकासका लागि थप सुधार आवश्यक देखिएको बोर्डले जनाएको छ ।  

यही सन्दर्भमा मार्जिन लेण्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट–सेलिङ्ग प्रणाली कार्यान्वयन गर्ने दिशामा बोर्ड अघि बढेको हो ।

पहिलो चरणमा योग्य लगानीकर्तालाई आफ्नो स्वःपूँजीसँगै धितोपत्र दलाल व्यवसायीबाट ऋण लिएर लगानी गर्न सक्ने व्यवस्था मिलाउन बोर्डले मार्जिन ऋण कारोबार (मार्जिन लेण्डिङ्ग) नियमावलीको मस्यौदा तयार गरेको छ ।

मस्यौदामाथि बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल गरिएको थियो । समितिले आवश्यक परिमार्जनसहित तयार पारेको मस्यौदा अहिले सरोकारवालाको राय तथा सुझावका लागि सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

मार्जिन लेण्डिङ्ग प्रणाली कार्यान्वयनमा आएमा निश्चित मापदण्ड पूरा गरेका लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर धितोपत्रमा लगानी गर्न सक्नेछन् । यसले लगानीकर्ताको कारोबार क्षमता बढाउनुका साथै दोस्रो बजारमा कारोबारको गहिराइ र तरलता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बोर्डले आगामी चरणमा इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो र आवरणयुक्त सर्ट–सेलिङ्गजस्ता आधुनिक बजार प्रणालीलाई समेत अघि बढाउने संकेत गरेको छ । यी व्यवस्था कार्यान्वयनमा आए नेपालको पूँजीबजार अन्तर्राष्ट्रिय अभ्याससँग थप नजिक पुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, मार्जिन कारोबारमा लगानीकर्ताको जोखिम पनि बढ्न सक्ने भएकाले ऋणको सीमा, योग्य धितोपत्र, लगानीकर्ताको योग्यता, जोखिम व्यवस्थापन तथा ब्रोकरको दायित्वजस्ता विषयमा स्पष्ट नियामकीय व्यवस्था महत्वपूर्ण हुने देखिन्छ ।

बोर्डले सार्वजनिक गरेको मस्यौदामा सरोकारवालाबाट प्राप्त राय तथा सुझावका आधारमा आवश्यक परिमार्जन गरी अन्तिम नियमावली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

नियमावलीको मस्यौदामा भएका विशेष १२ मूल उद्देश्य  

-धितोपत्र बजारमा मार्जिन ऋण कारोबारका लागि स्पष्ट, व्यवस्थित र विश्वसनीय नियामकीय संरचना निर्माण गर्ने।

-लगानीकर्तालाई जिम्मेवार तथा सुरक्षित रुपमा मार्जिन ऋण सुविधा उपलब्ध गराउने ।

-मार्जिन ऋण कारोबारमा हुने अत्यधिक वित्तीय लिवरेज तथा बजार जोखिमलाई नियन्त्रण गर्ने।

-अनुमति प्राप्त मार्जिन ऋण प्रदायक संस्थाको वित्तीय, प्राविधिक तथा जोखिम व्यवस्थापन क्षमता सुनिश्चित गर्ने।

-योग्य तथा पर्याप्त तरलता भएका धितोपत्रमा मात्र मार्जिन ऋण कारोबार सञ्चालन गर्ने।

-प्रारम्भिक मार्जिन, सम्भार मार्जिन, ज्बष्चअगत, ऋण सीमा र कन्सन्ट्रेसन लिमिटमार्फत जोखिम न्यूनीकरण गर्ने।

-दैनिक मार्केट–टु–मार्केट तथा स्वचालित मार्जिन कल प्रणालीमार्फत ग्राहक तथा संस्थाको जोखिमको निरन्तर अनुगमन गर्ने।

-ग्राहकको नगद, धितोपत्र तथा अन्य सम्पत्तिको पृथकीकरण तथा संरक्षण सुनिश्चित गर्ने।

-मार्जिन ऋण प्रदायक संस्थामा पर्याप्त पुँजी, तरलता, आन्तरिक नियन्त्रण, सुशासन तथा जोखिम व्यवस्थापन कायम गर्ने।

-प्रविधिमा आधारित, सुरक्षित तथा पारदर्शी मार्जिन ऋण कारोबार प्रणाली विकास गर्ने।

-बजार संकट, ठूलो मूल्य गिरावट, अत्यधिक मार्जिन कल तथा फोरस्ड लिक्विडेसनको अवस्थामा बजार स्थायित्व कायम गर्ने।

-प्रभावकारी नियामकीय प्रतिवेदन, निरीक्षण, सुपरिवेक्षण तथा अनुसन्धानको व्यवस्था गर्ने।  

मार्जिन ऋण कारोबार सुविधा प्राप्त गर्न योग्य ग्राहकः  

देहायका व्यक्ति वा संस्थाले यस नियमावली बमोजिम मार्जिन ऋण सुविधा प्राप्त गर्न सक्नेछन्

-नेपाली नागरिकता प्राप्त बालिग व्यक्ति वा नेपालमा विधिवत् दर्ता भएका कानुनी व्यक्ति,

- धितोपत्र तथा प्रचलित कानुन बमोजिम धितोपत्र कारोबार गर्न योग्य व्यक्ति वा संस्था, 

-अनुमति प्राप्त मार्जिन ऋण प्रदायक संस्थाले ग्राहक पहिचान, ग्राहकको वित्तीय क्षमता, लगानी उद्देश्य तथा जोखिम वहन क्षमता सम्बन्धी मूल्याङ्कन पूरा गरेको ग्राहक,

-बोर्डले तोकेको अन्य योग्यता पूरा गरेको व्यक्ति वा संस्था ।

-मार्जिन ऋण सुविधा प्रदान गर्नु अघि मार्जिन ऋण प्रदायक संस्थाले ग्राहकको उपयुक्तता अनिवार्य रूपमा मूल्याङ्कन गर्नु पर्नेछ ।

मार्जिन ऋण कारोबार सुविधा प्राप्त गर्न अयोग्य व्यक्तिः 

देहायका व्यक्ति वा संस्थालाई मार्जिन ऋण सुविधा प्रदान गर्न पाइने छैन-

-प्रचलित कानुनबमोजिम धितोपत्र कारोबार गर्न अयोग्य घोषित व्यक्ति,

-कर्जा सूचना केन्द्र लिमिटेडको कर्जा सूचना प्रतिवेदनमा कालोसूचीमा नरहेको,

-मार्जिन ऋणको गम्भीर दायित्व उल्लङ्घन (मटेरियल डिफल्ट गरेको र तोकिएको अवधिसम्म अयोग्य घोषित ग्राहक,

-सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन बमोजिम उच्च जोखिमयुक्त वा प्रतिबन्ध ग्राहक,

-बोर्डले सार्वजनिक हित वा बजार स्थायित्वका आधारमा अयोग्य तोकेको व्यक्ति वा संस्था,

-धितोपत्रसम्बन्धी कसूरमा सजाय भई पाँच वर्ष पूरा नभएको व्यक्ति वा संस्था ।

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.