बैंकको विकल्प बन्दै ब्रोकर, ३०% रकम हालेर शतप्रतिशत सेयर किन्न सकिने
काठमाण्डौ । बैंकमा सेयर धितो राखेर कर्जा लिने परम्परागत अभ्यासको विकल्पका रूपमा अब ब्रोकर कम्पनीहरू नै लगानीकर्तालाई धमाधम ऋण दिन थालेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हालसम्म ११ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुरु गरिसकेका छन्, जबकि करिब ५० थप ब्रोकर कम्पनी पनि यो सेवा सुरु गर्ने प्रक्रियामा छन् ।लगानीकर्ताले खरिद गर्न चाहेको सेयरको ३० प्रतिशत रकम आफैं...

