आईतवार, कार्तिक ८,२०८३ 03:04:41
  • आईतवार, कार्तिक ८,२०८३ 03:04:41
Global IME Bank Limited

यी हुन् सेयर किन्न कर्जा दिने १४ ब्रोकर

Bizshala
यी हुन् सेयर किन्न कर्जा दिने १४ ब्रोकर
New Office

काठमाण्डौ । सेयर खरिदका लागि लगानीकर्तालाई कर्जा उपलब्ध गराउने मार्जिन कारोबार सुविधा १४ ब्रोकर कम्पनीले सुरु गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को विवरणअनुसार पुराना तथा नयाँ ब्रोकर कम्पनीहरूले यस्तो सुविधा सञ्चालनमा ल्याएका हुन् ।

मार्जिन कारोबारमा लगानीकर्ताले आफ्नो रकमसँगै ब्रोकरबाट प्राप्त कर्जा प्रयोग गरेर योग्य कम्पनीका सेयर खरिद गर्न सक्छन् । यसले लगानीकर्तालाई आफ्नो उपलब्ध पूँजीभन्दा बढी रकमको कारोबार गर्ने अवसर दिन्छ ।

सेवा सुरु गर्ने कम्पनीको सूचीमा नेपाल स्टक हाउसदेखि नासा सेक्युरिटिज, कलश स्टक मार्केट र केबीएल सेक्युरिटिजसम्म छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आफ्नै रकम कति राख्नुपर्छ ?

नेपाल धितोपत्र बोर्डको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ अनुसार यस्तो सुविधा लिँदा लगानीकर्ताले सेयरको बजार मूल्यको कम्तीमा ३० प्रतिशत रकम प्रारम्भिक मार्जिन राख्नुपर्छ । कारोबार अवधिभर न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम गर्नुपर्ने व्यवस्था छ ।

बजारको अवस्था, ग्राहक र सम्बन्धित सेयरमा निहित जोखिमका आधारमा ब्रोकरले न्यूनतम सीमाभन्दा बढी प्रारम्भिक मार्जिन पनि माग गर्न सक्छन् ।

मूल्य घट्दा मार्जिन कल आउन सक्छ !

सेयरको मूल्य घटेर आवश्यक सम्भार मार्जिन कायम हुन नसके ब्रोकरले लगानीकर्तालाई थप मार्जिन जुटाउन सूचना दिन्छन् । यसलाई ‘मार्जिन कल’ भनिन्छ । त्यसपछि पनि आवश्यक मार्जिन कायम नगरिए ब्रोकरले उक्त सुविधाअन्तर्गत खरिद गरिएको सेयर बिक्री गर्न सक्ने व्यवस्था छ ।

निर्देशिकाले ग्राहकसँग गरिने सम्झौतामा प्रारम्भिक तथा सम्भार मार्जिन, मार्जिन कलको प्रक्रिया र सेवाशुल्क वा ब्याजलगायतका विषय स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

कर्जाले सेयर खरिद गर्ने क्षमता बढाए पनि मूल्य घट्दा लगानीकर्ताको आफ्नै पूँजीमा पर्ने नोक्सानीको अनुपात बढ्न सक्छ । त्यसैले यस्तो सुविधा लिँदा ब्याज तथा शुल्कको लागतसँगै थप मार्जिन जुटाउन सक्ने क्षमता पनि विचार गर्न आवश्यक हुन्छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कुन ब्रोकरबाट पाइन्छ सुविधा ?

ब्रोकर कम्पनीब्रोकर नम्बर
नेपाल स्टक हाउस प्रालि१४
दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि३३
भिजन सेक्युरिटिज प्रालि३४
कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि३५
दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि३८
सनी सेक्युरिटिज कम्पनी लिमिटेड४२
इम्पेरियल सेक्युरिटिज प्रालि४५
त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड४८
अनलाइन सेक्युरिटिज प्रालि४९
क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि५०
आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि५७
नासा सेक्युरिटिज कम्पनी लिमिटेड५८
कलश स्टक मार्केट प्रालि७४
केबीएल सेक्युरिटिज लिमिटेड९४

स्रोतः नेपाल स्टक एक्सचेन्ज 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.