बुधबार, भाद्र ३,२०८३ 07:33:21
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 07:33:21
Bizshala
Global IME Bank Limited

साउनमा ४० लाखभन्दा बढी सिलिन्डर ग्यास बिक्री

साउनमा ४० लाखभन्दा बढी सिलिन्डर ग्यास बिक्री
New Office

काठमाण्डौ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना पकाउने ग्यास आयात तथा बिक्री भएको छ।

निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ५७ हजार ३१६ टन ग्यास आयात तथा बिक्री भएको छ। यो परिमाण ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।

Bizshala
CG Motors

अघिल्लो महिना असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। यस आधारमा असारको तुलनामा साउनमा ग्यासको बिक्री करिब ९ लाख सिलिन्डरले बढेको देखिन्छ।

ग्यासको माग पछिल्लो समय उल्लेख्य रूपमा बढेको भन्दै नेपाल आयल निगमले आगामी दिनमा ग्यास आयात अझै बढ्ने जनाएको छ। निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।

साथै, ग्यासको अनावश्यक भण्डारण नगर्न र कृत्रिम अभाव सिर्जना हुने गतिविधिबाट बच्न निगमले उपभोक्तालाई सचेत गराएको छ।

निगमको तथ्यांकअनुसार २०८२ सालको चैतमा २७ लाख ३२ हजार ३५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसपछि २०८३ सालको वैशाखमा ग्यासको आयात तथा बिक्री घटेर २२ लाख ५७ हजार ४९६ सिलिन्डरमा सीमित भएको थियो। जेठमा भने केही बढेर २३ लाख १२ हजार ८३७ सिलिन्डर पुगेको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.