बुधबार, आश्विन १४,२०८३ 02:29:58
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:29:58
Bizshala
Global IME Bank Limited

विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका आयुब बुआद्दी म्यानचेस्टर सिटीमा अनुबन्धनको नजिक

Bizshala
विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका आयुब बुआद्दी म्यानचेस्टर सिटीमा अनुबन्धनको नजिक
New Office

काठमाण्डौ । मोरक्कोका युवा मिडफिल्डर आयुब बुआद्दी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। फ्रेन्च क्लब लिलबाट खेलिरहेका बुआद्दीले यसै समर ट्रान्सफर विन्डोमा सिटीसँग औपचारिक सम्झौता गर्ने तयारी गरेका छन्।

प्रसिद्ध ट्रान्सफर विशेषज्ञ फाब्रिजियो रोमानोका अनुसार बुआद्दीले म्यानचेस्टर सिटीमा मेडिकल परीक्षणसमेत सफलतापूर्वक पूरा गरिसकेका छन्। उनका अनुसार सिटीले बुआद्दीलाई लिलबाट ९ करोड ५० लाख युरोमा अनुबन्ध गर्नेछ भने सम्झौतामा थप ५० लाख युरोको एड–अन समेत समावेश गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रोमानोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बुआद्दीको मेडिकल पूरा भएको जानकारी दिँदै क्लबहरूबीच सम्झौतासम्बन्धी सबै कागजातमा हस्ताक्षर भइसकेको बताएका छन्।

बुआद्दीले पछिल्लो समय आफ्नो प्रतिभालाई उच्च स्तरमा प्रमाणित गर्दै आएका छन्। विशेषगरी २०२६ को फिफा विश्वकपमा मोरक्कोका लागि प्रभावशाली प्रदर्शन गरेपछि उनी युरोपका ठूला क्लबको नजरमा परेका थिए। कम उमेरमै मोरक्कोको मिडफिल्ड सम्हाल्दै उनले परिपक्व प्रदर्शन गरेका थिए।

लिलमा आफ्नो क्षमता देखाउँदै आएका बुआद्दी अब म्यानचेस्टर सिटीको स्टार(सम्पन्न टोलीमा नयाँ चुनौतीका लागि तयार देखिएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.