काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धादिङको ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब सहयोग गर्ने भएका छन्।
जनप्रतिनिधिले एक महिनाबराबरको तलब तथा गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले सात दिनको तलब सहयोग गर्ने भएका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलब तथा कर्मचारीको महिनाभरिको तलबबाट सात दिनबराबरको रकम कट्टा गरी उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।