Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 05:59:33
Bizshala
Global IME Bank Limited

विदेशमा रहेका नेपाली र दाताले सिधै सरकारी राहत कोषमा रकम जम्मा गर्न सक्ने

विदेशमा रहेका नेपाली र दाताले सिधै सरकारी राहत कोषमा रकम जम्मा गर्न सक्ने
New Office

काठमाण्डौ ।  विदेशमा रहेका नेपाली तथा अन्य दाताहरूले नेपाल सरकारको राहत कोषमा सिधै आर्थिक सहयोग जम्मा गर्न सक्ने गरी नयाँ पोर्टल विकास गरिएको छ।

विपद्बाट प्रभावित नागरिकका लागि राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्न चाहने विदेशस्थित नेपाली तथा दाताहरूलाई सहज रूपमा रकम उपलब्ध गराउने उद्देश्यले सरकारले उक्त पोर्टल सञ्चालनमा ल्याएको हो।

Bizshala
CG Motors

नयाँ व्यवस्थामार्फत विदेशमा रहेका नेपाली तथा इच्छुक दाताले अनलाइन माध्यमबाट सिधै सरकारको राहत कोषमा रकम जम्मा गर्न सक्नेछन्। यसबाट राहतका लागि प्राप्त हुने आर्थिक सहयोगलाई व्यवस्थित तथा पारदर्शी रूपमा संकलन र परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल रसुवाको भोटेकोशी नदीमा आएको बाढीलगायत विभिन्न विपद्बाट प्रभावित नागरिकका लागि राहत तथा पुनर्स्थापनाका प्रयास भइरहेका बेला विदेशमा रहेका नेपाली र दाताहरूबाट प्राप्त हुने सहयोग महत्वपूर्ण हुने सरकारले जनाएको छ।

सरकारले विपद् प्रभावित नागरिकलाई सहयोग गर्न इच्छुक सबैलाई आधिकारिक माध्यमबाट राहत रकम उपलब्ध गराउन आग्रह गरेको छ।

राहत कोषमा रकम जम्मा गर्ने नयाँ पोर्टल:

https://pmdrf.nchl.com.np

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.