Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 07:50:59
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपीडितलाई दीपा सिम्खडाले २५ लाखबराबरको लत्ताकपडा दिने

रसुवा बाढीपीडितलाई दीपा सिम्खडाले २५ लाखबराबरको लत्ताकपडा दिने
New Office

काठमाण्डौ । व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवाको बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गर्ने घोषणा गरेकी छन्।

सिम्खडाले आफ्नो पसलमा रहेको करिब ५० लाख रुपैयाँ बराबरको कपडाको स्टकमध्ये ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बाढी प्रभावितका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले विपद्को समयमा व्यवसायीका रूपमा आफ्नो सामाजिक दायित्व पूरा गर्न चाहेको बताएकी छन्। आधारभूत आवश्यकताबाट वञ्चित नागरिकले कपडाको अभाव झेलिरहेका बेला आफ्नो पसलमा सजाएर राखिएका कपडाको अर्थ नहुने उनको भनाइ छ।

Bizshala
CG Motors

हाल खुट्टा फ्याक्चर भएका कारण चिकित्सकले लामो यात्रा नगर्न सुझाव दिएको उल्लेख गर्दै सिम्खडाले आफू प्रभावित क्षेत्रमा प्रत्यक्ष पुग्न नसकेको बताएकी छन्। त्यसैले उक्त सहयोग वास्तविक रूपमा आवश्यक परेका नागरिकसम्म पुर्‍याउन आधिकारिक सरकारी निकाय वा विश्वसनीय संस्थालाई आफूहरूसँग सम्पर्क गर्न उनले आग्रह गरेकी छन्।

सिम्खडाले आफ्नो सहयोगलाई प्रचारको माध्यम नबनाउनसमेत आग्रह गरेकी छन्। सहयोग लिनका लागि सम्पर्क गर्दा पत्रकार वा क्यामेरा लिएर नआउन अनुरोध गर्दै उनले यो मानवीय सहयोग भएकाले प्रचारका लागि नभएको स्पष्ट पारेकी छन्।

उनले अन्य व्यवसायीलाई समेत विपद्को समयमा व्यापारभन्दा मानवीयतालाई प्राथमिकता दिन आग्रह गरेकी छन्। व्यापार गर्ने अवसर पुनः आउने तर विपद्बाट पीडित नागरिकको बाध्यताबाट फाइदा उठाएर कमाएको आम्दानीले आत्मसन्तुष्टि नदिने उनको भनाइ छ।

सिम्खडाले नागरिकलाई आफूले सकेको सहयोग गर्न आह्वान गर्दै खाना, बस्ने ठाउँ, आर्थिक सहयोग वा श्रम—आफूसँग जे उपलब्ध छ, त्यहीमार्फत विपद् प्रभावितलाई सहयोग गर्न अपिल गरेकी छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.