Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 08:26:28
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीले रसुवामा ४० किलोमिटर सडक र ४१ पुलमा क्षति

भोटेकोशी बाढीले रसुवामा ४० किलोमिटर सडक र ४१ पुलमा क्षति
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढीले वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी हुँदै रसुवागढी जोड्ने सडकमा ठूलो क्षति पुर्याएको हो।

त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक समेत बन्द अवस्थामा रहेको छ। पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएपछि तत्काल लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

Bizshala
CG Motors

बाढीका कारण जिल्लाका ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा पुलमा भएको क्षतिका कारण रसुवाका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको छ।

सरकारसँग उपलब्ध ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज आवश्यकता र सम्भावनाका आधारमा जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै, भारत र चीन सरकारबाट समेत आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ।

सरकारले पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित काम अघि बढाएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न कठिन हुने बताइएको छ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी र निजी क्षेत्रका गरी कुल २० वटा निर्माण उपकरण परिचालन गरिएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.