Bizshala
  • शुक्रबार, भाद्र १२,२०८३ 08:11:09
Bizshala
Global IME Bank Limited

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर
New Office

काठमाण्डौ । नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु यूएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै रवीन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन्।

यससँगै उनी रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्।

अब फाइनलमा उपाधि जित्न सके रवीन्द्रले विश्वकै प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। ‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले बान्टमवेट विधामा अहिलेसम्म ११ खेल खेलेका छन्। तीमध्ये उनले १० खेलमा जित निकाल्दा एक खेलमा मात्र पराजय बेहोरेका छन्।

Bizshala
CG Motors

उनको एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग भएको खेलमा मात्रै हार व्यहोरेका थिए। त्यसयता भने उनले लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए।

उक्त जितसँगै रवीन्द्र म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडीसमेत बने।

रोड टु यूएफसी सिजन–५ को क्वाटरफाइनलमा पनि रवीन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए। गत मे महिनामा मकाउमा भएको उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

त्यसपछि सेमिफाइनलमा कासिब मर्डकलाई हराउँदै उनले नेपाली एमएमए इतिहासमा अर्को महत्वपूर्ण अध्याय थपेका छन्। अब उनको नजर रोड टु यूएफसी सिजन–५ को उपाधि जित्दै यूएफसीमा प्रवेश गर्ने अवसरमा केन्द्रित छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.