Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 03:01:48
Bizshala
Global IME Bank Limited

बजेटमै सरकार ढलेपछि सुदूरपश्चिमको नयाँ प्रयास, भदौभित्रै पुनर्लेखित बजेट

बजेटमै सरकार ढलेपछि सुदूरपश्चिमको नयाँ प्रयास, भदौभित्रै पुनर्लेखित बजेट
New Office

 

काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले यसपटक जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी बजेट ल्याइने बताएका छन्।

उनका अनुसार विगतको बजेटमा देखिएका कमजोरी, बेथिति र असन्तुलनलाई सुधार गर्दै प्रदेशको आवश्यकता र जनताको प्राथमिकतामा आधारित कार्यक्रम समेट्ने तयारी भइरहेको छ।

‘हिजो बजेटमा बेथिति देखियो। त्यसलाई सच्याएर अब जनताले अनुभूति गर्न सक्ने गरी बजेट ल्याउँछौँ,’ रावलले बताए।

चालु आर्थिक वर्षका लागि यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले बजेट ल्याएको थियो। तर उक्त बजेट प्रदेशसभाबाट पारित हुन सकेन। बजेट पारित गराउन नसक्दा तत्कालीन सरकार राजनीतिक संकटमा परेको थियो र पछि बदलिएको राजनीतिक समीकरणसँगै शाह नेतृत्वको सरकार ढलेको थियो।

Bizshala
CG Motors

नयाँ सरकार गठन भएपछि प्रदेश सरकारले पुरानो बजेटलाई पुनरावलोकन गर्दै नयाँ प्राथमिकतासहित पुनर्लेखन गर्ने प्रक्रिया अघि बढाएको हो।

हाल विभिन्न मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रम पुनःसमीक्षा गरिरहेका छन्। सरकारले बजेटको आकार, प्राथमिकता र स्रोत व्यवस्थापनका विषयमा समेत आन्तरिक तयारी तीव्र पारेको जनाएको छ।

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि तथा पर्यटनलाई बजेटको प्रमुख प्राथमिकतामा राख्ने तयारी गरेको छ।

मन्त्री रावलका अनुसार यसपटक वितरणमुखीभन्दा पनि प्रत्यक्ष परिणाम देखिने र जनताको दैनिक जीवनसँग जोडिने कार्यक्रमलाई प्राथमिकता दिइनेछ।

प्रदेश सरकार समयमै बजेट पारित गरेर विकास खर्च र प्रशासनिक कामलाई गति दिने तयारीमा रहेको छ। भदौभित्र बजेट ल्याएर आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउने सरकारको लक्ष्य छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.