काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा. अर्यालले भदौ १५ गते सोमबार नेपाल राष्ट्र बंैकका गभर्नर प्रा. डा. विश्व नाथ पौडेल सामु पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
अर्याल नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक हुन् ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक डा. अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।