काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेडले २० लाख २५ हजार ८ सय ८७ रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो संस्थागत कोष तथा कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।