मंगलवार, भाद्र १६,२०८३ 11:44:46
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 11:44:46
Bizshala
Global IME Bank Limited

हेटौँडा–काठमाण्डौ सवारी रुट परिवर्तन, ठूला सवारी त्रिभुवन राजपथबाट सञ्चालन हुने

हेटौँडा–काठमाण्डौ सवारी रुट परिवर्तन, ठूला सवारी त्रिभुवन राजपथबाट सञ्चालन हुने
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको बाढी तथा अविरल वर्षाका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले हेटौँडा–काठमाण्डौ चल्ने सवारीसाधनका लागि नयाँ रुट व्यवस्थापन गरेको छ।

नयाँ व्यवस्था आजदेखि लागू भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन हेटौँडाबाट काठमाण्डौ जाँदा त्रिभुवन राजपथ हुँदै सञ्चालन हुनेछन्। काठमाडौं–मकवानपुर फर्किने क्रममा भने यस्ता सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।

यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनका लागि पनि छुट्टै रुट निर्धारण गरिएको छ।

काठमाण्डौ–हेटौँडा आउँदा यस्ता सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी रुट प्रयोग गर्नुपर्नेछ। हेटौँडाबाट काठमाडौं जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्ने व्यवस्था गरिएको छ।

Bizshala
CG Motors

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका तथा भारी मालवाहक सवारीसाधनले उक्त पुल प्रयोग गर्न नपाउने भएका छन्। त्यस्ता सवारीसाधनलाई बेलिब्रिजसँगै रहेको डाइभर्सनबाट सञ्चालन गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

राजमार्गमा सवारी सञ्चालन गर्दा चालकले धैर्य र अनुशासन कायम गरी आफ्नो पालोमा मात्र सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।

भोटेकोशी बाढीसँगै लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो तथा कटान हुँदा यातायात प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएर मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, धादिङकै गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.