काठमाण्डौ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालैको भीषण बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
सभामुख अर्यालले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आफ्नो एक महिनाको पारिश्रमिक कोषमा उपलब्ध गराउने निर्णय गरेका हुन्।
यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट पनि नेपाल सरकारको निर्णयअनुसार निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि सरकारी निकाय, निजी क्षेत्र, विभिन्न संघसंस्था तथा व्यक्तिबाट राहत कोषमा सहयोग घोषणा हुने क्रम जारी छ।
सभामुख अर्यालले उपलब्ध गराउने रकम प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा प्रयोग हुने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।