मंगलवार, भाद्र १६,२०८३ 06:28:41
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 06:28:41
Bizshala
Global IME Bank Limited

चीनको जलस्रोत मन्त्रालयले भन्यो, ‘छोचेन खोला क्रेटरको पानी घट्यो, तर हिमचट्टान भत्किने जोखिम कायमै’

चीनको जलस्रोत मन्त्रालयले भन्यो, ‘छोचेन खोला क्रेटरको पानी घट्यो, तर हिमचट्टान भत्किने जोखिम कायमै’
New Office

काठमाण्डौ । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी अधिकांश रूपमा निकास भइसके पनि त्यस वरपर रहेका हिमनदी तथा हिमखण्ड भत्किने जोखिम अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही जोखिमका कारण उक्त क्षेत्रमा थप विपद्को सम्भावना अझै टरेको छैन।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मंगलबार मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार, दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा पछिल्लो समय देखिएको लेदोसहितको बाढीको अवस्थासँग सम्बन्धित जोखिमको निरन्तर मूल्याङ्कन भइरहेको छ। मन्त्रालयले सम्बन्धित क्षेत्रमा परामर्श, अनुगमन र जोखिम आकलनलाई निरन्तरता दिएको जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबार बिहान नेपाली समयअनुसार ५स्४५ बजे गरिएको ड्रोन अवलोकनमा छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा थुनिएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको देखिएको छ। क्रेटरबाट पानी निकास भएसँगै तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको बताइएको छ।

तर पानीको मात्रा घटे पनि जोखिमको मुख्य स्रोत भने अझै बाँकी रहेको चिनियाँ पक्षको आकलन छ। क्रेटर आसपास रहेका हिमचट्टान तथा हिमखण्ड कुनै पनि बेला भत्किन सक्ने भएकाले त्यसबाट थप पानी विस्थापित भएर अचानक बहाव बढ्न सक्ने सम्भावना रहेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यसबीच, ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको अवस्थाबारे गरिएको पछिल्लो रिमोट–सेन्सिङ विश्लेषणमा उल्लेखनीय परिवर्तन नदेखिएको मन्त्रालयले जनाएको छ। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको विश्लेषण छ।

छोचेन खोलामा थुनिएको पानी निकास भइसकेपछि तल्लो क्षेत्रमा तत्काल ठूलो बहावको अवस्था नरहेको देखिए पनि हिमचट्टान भत्किने सम्भावनाले जोखिमलाई पूर्ण रूपमा समाप्त हुन दिएको छैन।

विशेषगरी हिमनदी तथा हिमखण्डको अचानक भत्काइले क्रेटरमा पुनः पानीको मात्रा बढाउन वा तलतिर एक्कासि ठूलो बहाव सिर्जना गर्न सक्ने भएकाले जोखिम क्षेत्रको निरन्तर निगरानी आवश्यक देखिएको छ।

चीनको जलस्रोत मन्त्रालयले पनि यही कारणले सम्बन्धित क्षेत्रका सम्भावित जोखिममाथि निरन्तर अनुगमन र मूल्याङ्कन गरिरहेको जनाएको छ।

यसले पछिल्लो अवस्थालाई ‘बाढीको तत्काल जोखिम घटेको तर हिमचट्टान भत्किने जोखिमका कारण विपद्को सम्भावना अझै बाँकी रहेको अवस्था’ का रूपमा चित्रित गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.