काठटमाण्डौ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट तेस्रो व्यक्तिको समेत जीवित उद्धार गरिएको जानकारी दिएका छन्।
न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्।
यसअघि न्यौपानेले सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको बताएका थिए। उनका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति रहेको जानकारी प्राप्त भएको छ र उनीहरूको खोज तथा उद्धार कार्य जारी छ।
आज बिहान न्यौपानेले उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूसँग संवाद गर्न सफल भएको जानकारी दिएका थिए। त्यसपछि उद्धार कार्यलाई थप तीव्र बनाइएको हो।
सुरुङभित्र रहेका अन्य व्यक्तिको अवस्थाबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।