बुधबार, भाद्र २५,२०८२ 05:27:03
  • बुधबार, भाद्र २५,२०८२ 05:27:03
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तको नाफा १९.८३ करोड, वितरणयोग्य मुनाफा १२.९० करोडले ऋणात्मक

Hyundai Nepal
नेरुडे मिर्मिरे लघुवित्तको नाफा १९.८३ करोड, वितरणयोग्य मुनाफा १२.९० करोडले ऋणात्मक

काठमाण्डौ । मर्जरमा गएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०१.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी १६१.८६ प्रतिशतले बढ्दै ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले २४ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १५ करोड ७० लाख रुपैयाँ छुट्टाएको छ । संस्थाले कर्मचारीका लागि ३० करोड ६० लाख र अन्य सञ्चालनका लागि ८ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिसम्म संस्थाको निक्षेप संकलन बढेको छ । अघिल्लो आवसम्म ३ अर्ब ४६ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६ अर्ब १० करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले २० अर्ब ५१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले १० अर्ब ६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।    

संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात १२.६९ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ९.७८ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३२.८१ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १७८.५८ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८.१४ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५७१.८१ रुपैयाँ र तरलता अनुपात १५.०८ प्रतिशत कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.