आईतवार, भाद्र २१,२०८३ 02:43:14
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 02:43:14
Bizshala
Global IME Bank Limited

बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप पठाइयो

बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप पठाइयो
New Office

काठमाण्डौ । बाढीका कारण हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको निर्देशनअनुसार बाढी प्रभावित क्षेत्रमा खोप तथा आवश्यक औषधि पठाउने, रोग निगरानीलाई प्रभावकारी बनाउने, सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिने र आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको मन्त्रालयको भनाइ छ। यसलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान तथा उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक समन्वय र निगरानीलाई समेत तीव्रता दिइएको छ। सुरक्षित खानेपानीको उपलब्धता, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सचेतनालाई विशेष प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.