काठमाण्डौ । चीनको तिब्बत हुँदै नेपालमा गत भदौ १० गते आएको विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान आइतबार काठमाण्डौ आइपुगेको छ।
थाइल्यान्डबाट आएको उक्त सैन्य विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानमा विपद्बाट प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री ल्याइएको जनाइएको छ।
विपद्को कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै थाइल्यान्डले मानवीय सहायता उपलब्ध गराएको हो। राहत सामग्रीसहितको सैन्य विमान पठाएर थाइल्यान्डले विपद्को समयमा नेपाल र नेपाली नागरिकप्रति सहयोग, समर्थन तथा सद्भाव व्यक्त गरेको छ।
नेपालमा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्य जारी रहेका बेला थाइल्यान्डबाट प्राप्त मानवीय सहयोगले प्रभावित समुदायलाई आवश्यक सामग्री उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।