Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 02:01:14
Bizshala
Global IME Bank Limited

बाढीपीडितका लागि याक एन्ड यतीको १ करोड बढी सहयोग, सर्राफ परिवारले बुझायो उद्धार कोषमा रकम

बाढीपीडितका लागि याक एन्ड यतीको १ करोड बढी सहयोग, सर्राफ परिवारले बुझायो उद्धार कोषमा रकम
New Office

 

काठमाण्डौ । पाँचतारे होटल याक एन्ड यतीले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन घडीमा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराइएको होटलले जनाएको छ।

होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ तथा भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो।

अरुण कुमार सर्राफले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोगले केही योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

सर्राफ होटल याक एन्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेडअन्तर्गत हायात रिजेन्सी काठमाडौंसँग समेत आबद्ध व्यवसायी हुन्।

पर्यटन क्षेत्रको पुरानो प्रतिष्ठित नाम

काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यती नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा लामो इतिहास बोकेको पाँचतारे होटल हो।

ऐतिहासिक लाल दरबारलाई समेटेर विकास गरिएको यो होटल सन् १९७७ देखि सञ्चालनमा आएको हो। राणाकालीन वास्तुकला, पुराना कलाकृति र ऐतिहासिक संरचनालाई आधुनिक आतिथ्य सेवासँग जोडेर सञ्चालन गरिएको याक एन्ड यती नेपालको पर्यटन क्षेत्रको परिचित ब्रान्डमध्ये एक मानिन्छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सामाजिक सेवा र सम्पदा संरक्षणमा पनि सक्रिय

सर्राफ परिवार व्यवसायमा मात्र सीमित नरही सामाजिक सेवा, सांस्कृतिक सम्पदा संरक्षण तथा दिगोपनका क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ।

सर्राफ फाउन्डेसनमार्फत कला, वास्तुकला, शिक्षा, समुदाय तथा वातावरणीय दिगोपनसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

फाउन्डेसनले तारागाउँ नेक्स्ट र नेपाल आर्किटेक्चर आर्काइभलगायतका पहलमार्फत नेपालको सांस्कृतिक तथा वास्तुकलागत सम्पदा संरक्षण र प्रवर्द्धनमा काम गरिरहेको छ।

त्यसैगरी खुम्बु क्षेत्रमा दिगो पर्यटन र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेको सगरमाथा नेक्स्ट पनि फाउन्डेसनको सहयोगमा अघि बढाइएको प्रमुख पहलकदमीमध्ये एक हो।

नाम्चे बजारनजिक स्याङ्बोचेमा रहेको उक्त केन्द्रले सगरमाथा क्षेत्रमा बढ्दो पर्यटनसँगै देखिएको फोहोर व्यवस्थापन, वातावरणीय चुनौती तथा स्थानीय संस्कृति संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ।

बाढी प्रभावितका लागि होटल याक एन्ड यतीले उपलब्ध गराएको पछिल्लो सहयोगलाई पनि सर्राफ परिवारले अघि बढाउँदै आएको सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा हेरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.