Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 05:06:34
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपछि पुनरुत्थानका लागि विकास साझेदारसँग अर्थमन्त्रीको छलफल

रसुवा बाढीपछि पुनरुत्थानका लागि विकास साझेदारसँग अर्थमन्त्रीको छलफल
New Office

काठमाण्डौ । रसुवामा आएको बाढीबाट भएको क्षतिको मूल्यांकन तथा विपद्पछिको पुनरुत्थानका लागि आवश्यक स्रोत व्यवस्थापनबारे सरकारले विकास साझेदारहरूसँग छलफल थालेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा स्थानीय विकास साझेदारहरूको बैठक जारी छ। बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टर सहभागी छन्।

बैठकमा रसुवा बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार, प्रारम्भिक पुनरुत्थान, विपद् आवश्यकताको द्रुत आकलन तथा क्षति मूल्यांकनका विषयमा विस्तृत समीक्षा भइरहेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विपद्ले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गरी पुनरुत्थान तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत पहिचान गर्ने विषय बैठकको प्रमुख एजेन्डा रहेको छ। साथै, विपद्पछि तत्काल आवश्यक पर्ने मानवीय सहायता तथा दीर्घकालीन पुनर्निर्माणका लागि विकास साझेदारको सहयोग परिचालन गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

सरकारले विपद्पछिको आवश्यकता र क्षतिको व्यवस्थित मूल्यांकनमार्फत पुनरुत्थानका प्राथमिकता निर्धारण गर्ने तयारी गरिरहेको छ। त्यसका आधारमा राष्ट्रिय स्रोतसँगै विकास साझेदार तथा दातृ निकायबाट आवश्यक वित्तीय र प्राविधिक सहयोग परिचालन गर्ने रणनीति अघि बढाइनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.