Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 04:17:43
Bizshala
Global IME Bank Limited

सरकार बनेको एक महिना नपुग्दै नेकपाभित्र असन्तुष्टि

सरकार बनेको एक महिना नपुग्दै नेकपाभित्र असन्तुष्टि
New Office

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट नेतृत्वको सरकार बनेको एक महिना नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि चुलिएको छ।

नेकपाका असन्तुष्ट प्रदेशसभा सदस्यहरूले सरकार सञ्चालनको शैली, मन्त्री नियुक्ति, नीति तथा योजना आयोग गठन र बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै मुख्यमन्त्री भट्टलाई १७ बुँदे राजनीतिक दस्तावेज बुझाएका छन्।

सांसदहरूले एमाले–नेकपा गठबन्धनको राजनीतिक उद्देश्य, आगामी एक वर्षको सरकारी कार्यक्रम, मन्त्री छनोटको मापदण्ड र बजेट निर्माण प्रक्रियाबारे स्पष्ट जवाफ मागेका छन्। उनीहरूले सरकार परिवर्तन वा मुख्यमन्त्री हटाउने उद्देश्य नरहेको दाबी गरेका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

असन्तुष्ट सांसदहरूले मन्त्री नियुक्तिमा पर्याप्त छलफल नभएको तथा योजना आयोग र बजेट निर्माण प्रक्रियासमेत पारदर्शी नभएको आरोप लगाएका छन्।

सुदूरपश्चिम अहिले बजेटविहीन अवस्थामा रहेको छ। यस्तो बेला सत्तारुढ दलभित्रैबाट सरकार सञ्चालनमाथि प्रश्न उठेपछि मुख्यमन्त्री भट्टमाथि बजेट ल्याउनेसँगै आन्तरिक राजनीतिक व्यवस्थापनको दबाब पनि बढेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.