मंगलवार, श्रावण १९,२०८३ 06:56:13
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 06:56:13
Bizshala
Global IME Bank Limited

सबैको लघुवित्तको नाफा २६.१५% ले वृद्धि, खुद ब्याज आम्दानी भने घट्यो

सबैको लघुवित्तको नाफा २६.१५% ले वृद्धि, खुद ब्याज आम्दानी भने घट्यो
New Office

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले घट्दै १४ करोड १९ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले १५ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ५३ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ५५ लाख र सञ्चालन मुनाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्ज ५७ लाख ९६ हजार रुपैयाँले ऋणात्मक छ । संस्थाले कर्मचारीका लागि ११ करोड ३५ लाख र अन्य सञ्चालनका लागि ३ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ ।    

यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवसम्म १ अर्ब २० करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब १९ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ ।  

संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले ४ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ३ अर्ब ७० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।    

संस्थाको खराब कर्जा अनुपात घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.६१ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ६.७४ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)८.२५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १३८.९३ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३.६८ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३९६.५१ रुपैयाँ र तरलता अनुपात ११.२३ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.