बिहीबार, आश्विन १,२०८३ 10:14:13
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 10:14:13
Bizshala
Global IME Bank Limited

भारत भ्रमणमा निस्किए अर्थमन्त्री वाग्ले , आर्थिक एजेन्डामा पुनर्निर्माणदेखि लगानीसम्म

भारत भ्रमणमा निस्किए अर्थमन्त्री वाग्ले , आर्थिक एजेन्डामा पुनर्निर्माणदेखि लगानीसम्म
New Office

काठमाण्डौ । नेपाल र भारतबीच आर्थिक सहकार्यका नयाँ सम्भावना खोज्ने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै व्यापार, लगानी, औद्योगिक सहकार्य र विकास अर्थनीतिका विषयले प्राथमिकता पाउने भएका छन्।

अर्थमन्त्री वाग्लेले भ्रमणको पहिलो दिन बिहीबार भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध, सहकार्यका सम्भावित क्षेत्र तथा नेपालका विकास प्राथमिकताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपालले विपद्पछिको पुनर्निर्माणलाई गति दिनुपर्ने अवस्थामा वाग्लेको भारत भ्रमणलाई आर्थिक सहकार्य विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणको मुख्य उद्देश्य विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचका आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा सहकार्यका सम्भावना अघि बढाउनु हो।

Shivam Cement
Bizshala
CG Motors

भ्रमणको दोस्रो दिन वाग्लेले पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा सहभागिता जनाउनेछन्। त्यसपछि भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। व्यापार तथा आर्थिक सम्बन्धसँग जोडिएका सरोकारवालासँग पनि सोही दिन भेटघाट हुनेछ।

भारत भ्रमणका क्रममा अर्थमन्त्रीले भारतीय निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्ने अवसरसमेत पाउनेछन्। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुँदैछन्। यसले नेपालमा लगानीको सम्भावना, औद्योगिक सहकार्य र दुई देशबीच आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफलको अवसर दिनेछ।

त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा हुने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागिताले नेपालका आर्थिक नीति र विकासका अनुभव तथा चुनौतीलाई भारतीय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक वृत्तमा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्नेछ।

तीनदिने भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा। सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन्।

वाग्ले शनिबार साँझ नेपाल फर्किने कार्यक्रम छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.