बिहीबार, आश्विन १,२०८३ 05:48:26
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 05:48:26
Bizshala
Global IME Bank Limited

खल्ती र इनड्राइभबीच सहकार्य, डिजिटल भुक्तानीमा चालक र यात्रुलाई दैनिक पुरस्कार

खल्ती र इनड्राइभबीच सहकार्य, डिजिटल भुक्तानीमा चालक र यात्रुलाई दैनिक पुरस्कार
New Office

 

काठमाण्डौ । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इनड्राइभबीच राइडको भाडा डिजिटल माध्यमबाट भुक्तानी तथा प्राप्त गर्ने सुविधा विस्तारका लागि सहकार्य भएको छ।

सहकार्यअन्तर्गत तीन महिनासम्म चल्ने अभियानमा इनड्राइभका चालक र यात्रु दुवैलाई खल्तीमार्फत भाडा तिर्ने वा लिने सुविधा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार कुनै चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत प्राप्त गरे सो दिनको लक्की ड्रमा सहभागी हुन पाउनेछन्। दैनिक १० जना चालकले पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कारका रूपमा पाउने व्यवस्था गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

यस्तै, यात्रुले इनड्राइभको राइड भाडा खल्तीमार्फत तिरेमा सो दिनको लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसअन्तर्गत दैनिक १० जना यात्रुले २०० रुपैयाँ बराबरको खल्ती ब्यालेन्स जित्न सक्नेछन्।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यो सहकार्यले दैनिक राइड भुक्तानीलाई डिजिटल माध्यमतर्फ थप विस्तार गर्नुका साथै चालक र यात्रु दुवैका लागि सहज भुक्तानी वातावरण बनाउन मद्दत पुग्ने बताएका छन्।

अभियान भदौ २५ देखि मंसिर २५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.