सोमबार, आश्विन ५,२०८३ 09:14:22
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 09:14:22
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको १३४ औँ शाखा धनगढीमा, नयाँ भवन पनि सञ्चालनमा

एभरेष्ट बैंकको १३४ औँ शाखा धनगढीमा, नयाँ भवन पनि सञ्चालनमा
New Office

काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढीमा आफ्नो १३४ औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शाखा विस्तारका क्रममा धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा नयाँ शाखासँगै आफ्नै भवनको समेत उद्घाटन गरेको हो।

नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। बैंकले सुदूरपश्चिम प्रदेश कार्यालयलाई पनि हालको स्थानबाट नयाँ भवनमा स्थानान्तरण गरेको जनाएको छ। अब शाखा तथा प्रादेशिक कार्यालयका सम्पूर्ण सेवा सोही भवनबाट उपलब्ध हुनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नयाँ भवन तथा शाखाको उद्घाटन धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिनासहित उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयको उपस्थिति थियो।

धनगढीको क्याम्पस चोकमा आफ्नै भवनबाट शाखा र प्रादेशिक कार्यालय सञ्चालनमा आएपछि यस क्षेत्रको आर्थिक गतिविधि विस्तार हुनुका साथै समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.