मंगलवार, आश्विन ६,२०८३ 09:01:23
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 09:01:23
Bizshala
Global IME Bank Limited

बाढीपहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति

बाढीपहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडभन्दा बढीको क्षति
New Office

काठमाण्डौ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछि गएको पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको अनुमान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी छलफलमा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिकार्य टोलीका संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनमा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ। क्षेत्रगत रूपमा होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ। होटल क्षेत्रमा मात्रै १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, वैदेशिक पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड २४ लाख ६४ हजार रुपैयाँ तथा मानव बल र पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

सम्पदा तथा पर्यटन पूर्वाधारमा १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनमा १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्ट क्षेत्रमा १ अर्ब ३८ करोड ५० लाख २० हजार तथा लामटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, र्‍याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

बाढीपहिरोका कारण १ हजार ११७ नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन्। अझै ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.